Comments Add Comment

धारा छोएको निहुँमा दलित वृद्धामाथि कुटपिट

सलमान खान

१० असार, भैरहवा । जातीय छुवाछुत हटाउन सरकार र गैर सरकारी संस्थाले लाखौं डलर खर्चिरहँदा रुपन्देहीमा धारा छोएको निहुँमा दलित समुदयाकी एक महिलालले मरनासन्न हुने गरी कुटाई खानुपरेको छ ।घटना रुपन्देहीको मानमटेरिया गाविस-३ स्थित मधवनी गाउँको हो । त्यहाँ सार्वजनिक धारो छोएकैले ६२ वर्षीया एक दलित वृद्धालाई आइतबार कुटपिट गरेको घटना बाहिर आएको हो ।kutpit

मधवनियाकी अनारी हरिजनले गाविसको कार्यालयले बनाइदिएको सार्वजनिक हेन्ड पाइपमा पानी भर्न जाँदा सोही स्थानका २५ वषर्ीय विपत केवटले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते हरिजनको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

एक महिनाअघिमात्रै गाविसको बजेटबाट उक्त हेन्ड पाइप सबै गाउँलेले खानेपानी उपभोग गर्ने गरी निर्माण गरिएको मानमटेरिया गाविसे कार्यलयले जनाएको छ । ‘तँ सानो जातिले ठूलो जातिले चलाउने धारामा आउँदै नआउनु, धारा छुदै नछुनु’, भन्दै कुटे, हरिजनले भनिन्, ‘यसअघि जथाभावी बोल्दै सानो जातिको भनेर होच्याउँथे, यो पटक हातै हाले ।’

आइतबार साँझ साढे सात बजेको समयमा पिउने पानी लिन जाँदा उनले कुटाई खाएकी हुन् । ‘तल्लो जातको मानिस यसरी मनपरी पानी भर्न पाउँदिनस, छुवाछुत बार्नुपर्छ भन्दै कुटे’, हरिजनले भनिन्, ‘लठ्ठीलेे टाउको र संवदेनशील अङ्गमा प्रहार गरी रगताम्य बनाए, धन्न भागेर ज्यान बचाउन सकेँ ।’

कुटाई खाएपछि भागेकी हरिजनमाथि केवटले उनको घरैसम्म खेद्दै पुनः कुटपिट गरेका थिए । ‘पतिकोे १० वर्ष अघि मृत्यु भयो, एउटा भाको छोरो भारतमा रोजगारीमा छ’, हरिजनले भनिन्, ‘घरमा एक्लै भएकाले हेपेर मलाई निर्घात कुटे ।’ उनले रुँदै बेदना पोखिन् ।

दलित अधिकारका लागि सक्रिय दलित सेवा संघका सचिव किस्मत विकले अहिलेको जमानामा यस्ता घटना निन्दनीय रहेको बताए । ‘यस्ता घटनालाई निरुत्साहित गर्न प्रशासनले दोषीलाई कडा कारवाही गर्नपर्छ’, सचिव विकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment