Comments Add Comment

झाँक्री र ढुंगेल महाधिवेशन प्रतिनिधि निर्वाचित

Ramkumari-with-madhav-dhung

१० असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय कमिटीमा डेब्यु गर्न लागेका अनेरास्ववियुका पूर्व अध्यक्षद्धय रामकुमारी झाँक्री र माधव ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि बन्न सफल भएका छन् ।

निकै प्रतिस्पर्धात्मक चुनावमा झाँक्रीले प्रतिस्पर्धी सुनिता बराललाई ८१ मतान्तरमा पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । उनी विद्यार्थी विशेष जिल्ला कमिटीको महिला कोटाबाट निर्वाचित भएकी हुन् । रामकुमारीले १४४ मत पाइन् भने बरालले ६३ मत पाएकी छन् । त्यस्तै अर्का पूर्व अध्यक्ष ढुंगेल खुल्ला कोटाबाट आफ्नै कार्यकालका उपाध्यक्ष लक्ष्मण लम्साललाई ११ मतको अन्तरमा पराजित गर्दै प्रतिनिधिमा निर्वाचित भएका छन् ।

झाँक्री माधव नेपाल समूहकी हुन् भने ढुंगेल केपी ओली समूहका हुन् । झाँक्री र लम्साल जिताउन अखिलका पूर्व अध्यक्ष समेत रहेका युवा नेता राजेन्द राई चुनावी मैदानमा भिडेका थिए । काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा भएको निर्वाचनमा २ सय ६४ मतदाताले भाग लिएको निर्वाचन समितिका सदस्य प्रवल शर्माले जानकारी दिए ।

ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् भने झाँक्री पूर्व अध्यक्ष हुन् । केही नेताहरुले चुनाव नगरी झाँक्री र ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गरेका थिए । तर माधव नेपाल पक्षले लक्ष्मण लम्सालको लागि अडान लिएपछि चुनाव भएको थियो ।

प्रेस चौतारीमा सर्वसम्मत 

प्रेस चौतारीले भने सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेको छ । अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ उपाध्यक्ष दुर्गा शर्मा, महासचिव माधव नेपाल, सल्लाहकार प्रमोद दाहाल र केन्द्रीय सदस्य सइन्द्र राई चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment