Comments Add Comment

खुला सुटिङमा प्रहरी टिम च्याम्पियन

१० असार, काठमाडौं । नेपाल प्रहरी क्लबले राष्ट्रिय खुला सुटिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । टिम च्याम्पियन प्रहरीले ३ स्वर्ण र २ रजत जित्यो ।

नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण र ४ रजत जितेको नेपाल आर्मी क्लब दोश्रो भयो । तेश्रो स्थानमा रहेको पूर्वाञ्चलले २ स्वर्ण हात पार्‍यो । प्रतियोगिताको अन्तिम दिन भएको महिलाको १० मिटर एयर राइफलमा दुर्गा सिन्जाली पहिलो र ओलम्पियन फूलमाया क्याप्छाकी दोश्रो भए । फाइनल चरणमा दुवैले २ सय पूर्णांकमा समान १ सय ८६ अंक जोडेपछि खेल टाइ भएको थियो । टाइपछिको खेलमा दुर्गाले १० र फूलमायाले ८ अंक जोडेका थिए । १ सय ६८ अंक जोडेकी अस्मिता राई तेश्रो स्थानमा रहिन् । तीनै खेलाडी प्रहरीका हुन् ।

जेठ ५ गतेदेखि सुरु प्रतियोगितामा पाँच विकास क्षेत्र, प्रहरी र आर्मीका ८१ खेलाडीले टिम र व्यक्तिगत गरी ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment