Comments Add Comment

सिमा जिबिसी च्यालेन्जमा किङ्स कलेज विजयी

Sima-JCB-Chalange

११ असार, काठमाडौं । द सिमा ग्लोबल बिजनेस च्यालेन्ज (जिबिसी) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा किङ्स कलेजका विद्यार्थीहरुले ४० हजार नगदसहित भारतको मुम्बई सहर घुम्ने अवसर पाउने भएका छन् ।

द सिमा ग्लोबल बिजनेस च्यालेन्ज अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।  यसले भोलिका बिजनेस नेतृत्व उत्पादनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ । विगत ६ वर्ष यता लगातार आयोजना भइरहेको यस्तो प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना गरिएको आयोजकले जनाएको छ ।

थापाथलीस्थित द बि्रटिस कलेजमा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा विभिन्न सातवटा कलेजका टोलीहरु सहभागी भएका थिए । प्रतियोगितामा जित्ने समूहले मुम्बईमा आउँदो अगस्त महिनामा हुने वल्र्ड जिबिसी फाइनलका लागि विभिन्न २३ देशका प्रतिस्पर्धीहरुसँग प्रस्तुत गर्नेछन् ।

बेलायती संस्थाहरु चार्टर्ड इन्स्टिच्युट फर म्यानेज्मेन्ट अकाउन्टेन्ट र बार्कले बैंकले संयूक्त रुपमा विश्वभर यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ । यहि सिलसिलामा नेपालमा पनि प्रतियोगिता बिटिस कलेजमा सम्पन्न भयो । प्रतियोगितामा नेपालका ६ वटा कलेज र संस्थाका विद्यार्थीहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment