Comments Add Comment

दलबलसहित सुवास निरौला कार्यालय प्रवेश

Suvash-Niraula११ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्ति कार्यकारी प्रमुख सुवास निरौला बुधबार दलबलसहित कार्यालय प्रवेश गरेका छन् । उनी विहान सवा १० बजे कार्यालय प्रवेश गरेका थिए । उनले बोर्डको कामु कार्यकारी प्रमुखका रुपमा हाजिर गरेका छन् ।

बोर्डको भृकुटिमण्डपस्थित कार्यालयमा निरौललाई स्वागत गर्न करिव डेढसय जनाभन्दा बढीको उपस्थिती रहेको थियो । सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै आफु कार्यालयमा काम गर्न आएको उनले बताएका छन् । सर्वोच्चले केही समय अगाडी आन्दोलनरत व्यवसायीको नाममा आदेश जारी गर्दै सहज रुपमा काम गर्न दिन निर्देशन दिएको थियो । निरौला दिउँसो एक बजेसम्म आफ्नो कार्यकक्षमा बसेर काम गरेका थिए ।

बोर्डमा व्यापक आर्थिक अनियमिता गरेको, व्यवसायीलाई बोर्डबाट विमुख बनाउन खोजेको, आफुखुशी कार्यक्रमहरु सञ्चालन गरेको भन्दै पर्यटन व्यवसायी आन्दोलनमा उत्रिएपछि उनी करिव २ महिनादेखि कार्यालय प्रवेश गर्न पाएका थिएनन् ।

अहिले बोर्डमा भएको अनियमितता छानविन र पुनरसंचना गर्नका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ । समितिले छानविनको काम अगाडी बढाइरहेका बेलामा निरौला कार्यालय प्रवेश गरेका हुन् । छानविनको दायरामा रहेको व्यक्ति बोर्डमा रहँदा छानविन प्रभावित हुने भन्दै व्यवसायीहरुले निरौलालाई बोर्डमा प्रवेश गर्न नदिने बताउँदै आएका थिए ।

व्यवसायीले कार्यालय प्रवेशमा रोक लगाउन सक्ने अनुमानमा निरौला दलबलसहित कार्यालय पुगेका हुन् । उनलाई त्यहाँ उपस्थित भएका समर्थकहरुले फुलमाला र अविर लगाएर कार्यालय प्रवेश गराएका थिए । निरौला कामु कार्यकारी प्रमुखको रुपमा बोर्डमा रहेमा छानविनमा प्रभाव पर्ने व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै मन्त्रालयले उनलाई विदामा राखेको थियो ।

निरौला विदामा बसेपछि बोर्डको कर्मचारी सेवा विनियमअनुसार बरिष्ठ निर्देशक नन्दिनी लाहे थापा निमिक्तको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयले समेत निरौलालाई विदामा राखी थापालाई निमिक्तका रुपमा काम गर्न दिएर छानविन कार्य अगाडी बढाउने निर्णय गरिसकेका बेलामा निरौला दलबलसहित कार्यालय पसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment