Comments Add Comment

औषधिको गुणस्तरबारे अख्तियारले छानविन गर्ने

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकारले निःशुल्क वितरण गर्ने औषधिको गुणस्तरबारे छानविन गर्ने बताएका छन् ।

ग्रामीण भेगमा सरकारले पठाउने औषधि गुणस्तरहिन रहेको तथ्य बाहिर आइरहेको भन्दै उनले आयोगले छानविन गरी सत्य कुरा जनसमक्ष छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल बाथरोगमैत्री समाजद्वारा आयोजित ‘स्मारिका-२०७१’ को विमोचन कार्यक्रममा प्रमुख आयुक्त कार्कीले सरकारले बाथ रोगीका लागि छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटीले नेपालमा १५ देखि २० प्रतिशत जनसङ्ख्या बाथ रोगबाट पीडित रहेकाले मन्त्रालयले आगामी योजनामा बाथ रोगीका लागि बजेट छुट्टाउने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment