Comments Add Comment

सुवास निरौला कार्यालय प्रवेश गरेपछि पर्यटन व्यवसायी आक्रोसित

१२ असार, काठमाडौं । दलबलसहित सुवास निरौला कामु कार्यकारी प्रमुखको रुपमा पर्यटन बोर्ड प्रवेश गरेको विषयलाई लिएर पर्यटन व्यवसायी आक्रोसित भएका छन् । करिव दुई महिनादेखि कार्यालय जान नपाएका निरौला बुधबारदेखि हाजिर हुन थालेका छन् ।

बोर्डमा संस्थागत अनियमितता र भ्रष्टाचार भएको विषयलाई लिएर संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी)ले बैशाख १९ गतदेखि ५२ दिनसम्म चरणबद्ध रुपमा धर्ना, घेराउ तथा अनशनसम्मको आन्दोलनका कार्यक्रमहरु गरेको थियो । व्यवसायीले बोर्डमा भएको अनियमितता छनविन NTB-Buildingहुनुपर्ने, निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने, तत्काल सिईओ नियुक्त गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलनमा उत्रिएका थिए ।

व्यवसायीहरुको चर्को दबाब र अख्तियार दुरुपयोग  अनुसन्धान अयोगको हस्तक्षेपका कारण सरकारले बोर्डमा भएको भ्रष्टाचार सम्बन्धी छानबिन गर्न छानविन समिति र बोर्डको पुनरसंरचना सम्बन्धी सुझाव समिति गठन गरेको थियो । सुवास निरौलाको बोर्डमा उपस्थिती रहेमा छानविन प्रभावित हुने भन्दै विदामा राखिएको अवस्थामा बुधबार विहान एकाएक दलबलसहित कार्यालय प्रवेश गरेका थिए ।

‘आरोपी कामु प्रमुख कार्यकारी अधिकृत निरौला बिना सुचना करिब दुई महिनादेखि बोर्डबाट पलायन भएका कारण बोर्डका अन्य ४ जना निर्देशकहरुको संयुक्त नेतृत्वमा नेपाल पर्यटन बोर्डको दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय पर्यटन मन्त्रालयबाट भएको थियो’ जेटीसीसीद्धारा जारी विज्ञप्तीमा भनिएको छ- ‘स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा बोर्डभित्र भएका सम्पूर्ण आर्थिक क्रियाकलापहरुको छानविन गरी सत्य तथ्य बाहिर निकाली करोडौंको श्रोतलाई नेपालको वास्तविक पर्यटन प्रवर्द्धन र विकासमा प्रयोग गर्ने वातावरण बनाउने कार्यमा सहयोग पुर्‍याउनुको साटो निरौलाले कार्यालय प्रवेश गरेर असहजता पैदा गरिदिएका छन् ।’

निरौला दलबलसहित कार्यालय प्रवेश गरेर आफ्ना कर्तुतहरुको ढाकछोप गर्ने कुत्सीत मनसाय राखी प्रमाणहरु नष्ट गर्ने र स्वतन्त्र निष्पक्ष एवं भयरहित छानविन कार्यमा धाक, धम्की र अवरोध श्रृजना गर्ने मनशायले नाङ्गो रुपमा प्रस्तुत भएको जेटीसीसीले आरोप लगाएको छ ।

जेटीसीसीले पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै निरौलाको कदमविरुद्ध आवश्यक कदम चाल्न र वास्तविकता तथा सत्यतथ्य प्रकाशमा ल्याउने काममा छानविन समितिलाई पुर्ण सुरक्षा तथा सहज वातावरण तयार पार्न आग्रह गरेको छ ।

‘अन्यथा राज्यको कोषलाई निजी सम्पत्ती सरह दुरुपयोग गर्ने भ्रष्टाचारीहरुको ताण्डब नृत्य हेरेर चुप बस्ने मनस्थितिमा जेटिसीसी छैन’ विज्ञप्तीमा भनिएको छ- ‘यसका लागि जेटिसीसी जुनसुकै मुल्य चुकाउन तयार रहेको छ, यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको दायित्व पर्यटन मन्त्रालयको हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment