Comments Add Comment

गुटका गतिबिधिले एमाले स्थायी कमिटी बैठक बसेन

१३ असार, काठमाडौं । नवौं महाधिवेशनको तयारीबारे छलफल गर्न शुक्रबार बोलाइएको नेकपा एमाले स्थायी कमिटीको बैठक बस्न सकेन ।

गुटको भेलामा केन्दि्रत भएका शीर्ष नेताहरु पार्टी मूख्यालय बल्खुमा दिउँसो बोलाइएको बेठकमा उपस्थित भएनन् । महाधिवेशन प्रतिनिधिको छनोट अन्तिम चरणमा पुगेकाले नेताहरु आफ्नो गुटलाई बलियो बनाउन औपचारिक तथा अनौपचारिक भेला तथा कोठे बैठकमा केन्दि्रत छन् ।

शुक्रबारको बैठकमा महाधिवेशनको तयारी र मनोनित गरिने महाधिवेशन प्रतिनिधिसहितका विषयमा छलफल गर्ने तयारी थियो । अध्यक्ष झलनाथ खनालसहितका नेताहरु ब्यस्त भएपछि बैठक बस्न नसकेको सचिव युवराज ज्ञवालीले बताए । ज्ञवालीले अनलाइनखबरसँग भने-‘स्थायी कमिटीको बैठक बस्ने अर्को मितिबारे कुनै जानकारी प्राप्त भएको छैन ।’

असार १९ बाट काठमाडौंमा हुने एमालेमा महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन् । झण्डै १८ सय प्रतिनिधि चुनिएपनि केन्द्रीय समितिले मनोनित गर्ने ५ प्रतिशत मनोनित हुन बाँकी छ । छनोट भएका आएमा प्रतिनिधिमा अध्यक्षका दावेदार माधवकुमार नेपाल र केपी शर्मा ओली दुबैपक्षले आफ्नो बहुमत भएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment