Comments Add Comment

इजरायलमा कृषि तालिम पुरा गरी पहिलो समूह स्वदेश फर्कियो

Agree-Talim

१३ असार, काठमाडौं । इजरायलको कृषि तालिम सम्पन्न गरी नेपाली विद्यार्थी स्वदेश र्फकने क्रम सुरु भएको छ । यसै क्रममा इजरायलको आराभा इन्टरनेशनल सेन्टर फर एगि्रकल्चर टेक्नोलोजीमा पढ्न गएका पहिलो समुहका ४५ जना विद्यार्थीहरु १० महिने तालिम सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् ।

नेपाली  यूवाहरुलाई उन्नत कृषि प्रणालीको आधारभुत ज्ञान र सीप प्रदान गरि दिगो व्यवसायीक कृषितर्फ आकषिर्त गराउन नेपालस्थित इजरायली दूतावासको सहकार्यमा साना किसान विकास बैंकले अर्थमन्त्रालयको सहमतीमा गत वर्षदेखि ‘साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम’ सञ्चालन गरेको छ ।

यहि कार्यक्रमअन्तर्गत विभिन्न ८ जिल्लामा सञ्चालित साना किसान कृषि सहकारी संस्थामा आवद्ध २ सय ५ जना युवा-युवतीहरु इजरायलका विभिन्न कलेज तथा कृषि तालिम तथा अनुसन्धान केन्द्रहरुमा तालिमका लागि गएका छन् । बाँकी विद्यार्थीहरु आगामी अक्टोबर महिनासम्म तालिम पुरा गरेर स्वदेश फर्किने बैंकले जनाएको छ ।

यहि कार्यक्रमअन्तर्गत आउँदो अक्टोबरसम्म इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहुँ, नवलपरासी, रुपन्देही, दाङ्ग, बाँके र बर्दिया गरी २१ जिल्लाबाट ५ सय १५ प्रशिक्षार्थीहरुलाई इजरायलका विभिन्न ५ वटा तालिम केन्द्र र कलेजहरुमा तालिममा सहभागी गराउने बताइएको छ ।

विद्यार्थीहरुको छनौट प्रकृया सम्पन्न भई सकेको छ । इजरायलको किन्नरेट कलेजमा १५० जना, आस्केलन कलेजमा १०० जना, रामात नेगेभ डेजर्ट एगि्रकल्चरल रिसर्च सेन्टरमा ५० जना, आराभा ईन्टरनेशनल सेन्टर फर एगि्रकल्चरल टे्रनिङ्ग सेन्टरमा १६५ जना र स्दोत नेगेभ रिजनल काउन्सिलमा ५० जनाले तालिम लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment