+
+
Shares

सरकारले ५० करोडभन्दा कम बैदेशिक अनुदान नलिने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १३ गते १३:२९

ramsharan mahat१३ असार काठमाडौं । सरकारले अब ५० करोड रुपैयाँ अर्थात ५० लाख डलरभन्दा कमका बैदेशिक अनुदा र एक अर्ब रुपैयाँभन्दा कमको वैदेशिक ऋण सरकारले नलिने भएको छ ।

१२ वर्षपछि वैदेशिक सहायता नीतिमा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । ‘स-सानो रकम वैदेशिक सहायताको प्रतिफल राम्रो नहुने र अपारदर्शि हुने भएकाले वैदेशिक ऋण र अनुदानको सीमा तोकिएको हो’ शुक्रबार अर्थमन्त्रालयमा नीति सार्वजानिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले भने ।

आगामी दिनमा दाताको स्वास्थ्र्य अनुकुल भन्दा पनि सरकारको प्राथमिकता अनुसार बैदेशिक सहायता खर्च गरिने डा. महतले बताए । सोचमै परिवर्तन ल्याउने उद्देश्यले सरकारले वैदेशिक सहायता सम्बन्धी भाषमा समेत परिवर्तन गरेको छ । ‘दातालाई अब विकास साझेदार भनिने छ’ मन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?