Comments Add Comment

जुम्लादेखि रारासम्म (फोटोफिचर)

शब्द/तस्वीर : भरतबन्धु थापा

१४ असार, काठमाडौं । रारा तालमा प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका बेला पङ्तीकारको काडमाण्डौकी शमी शाह श्रेष्ठसँग भेट भयो । उनी आफ्नो चार वर्षको छोरा आरोषसँगै रारामा रमाइरहेकी थिइन् । ताल्चा विमानस्थलबाट तीन घण्टाको हिँडाइपछि थकित भएका आरोषले जब राराताल देखे, उनी निकै खुशी भएको बताउँदै थिइन् शमी । उनी भन्दै थिइन्- ‘पानी पर्लाजस्तो भएकाले निकै तनावजस्तो अनुभूति भइरहेको थियो तर, रारा तालमा पुगेपछि मैले सबै तनाव भुलें ।jumla-to-rara-17

शमीमात्रै होइन, जोकोही पनि रारामा पुगेपछि उनीहरुलाई यस्तै अनुभूति हुन्छ । नेपालको सबैभन्दा ठूलो रारा ताल प्राकृतिक सुन्दरताले जति भरिपूर्ण छ, त्यहाँ पुग्नका लागि त्यतिकै कष्टकर पनि । अघिल्लोपटक हामीले पाठकहरुलाई खप्तडदेखि रारासम्मको मनोरम पदयात्राबारे जानकारी गराएका थियौं । यसपालि रारा तालदेखि जुम्लासम्मको त्यस्तै अर्को सुन्दर प्राकृतिक छटाबारे सचित्र जानकारी दिने प्रयास गरेका छौं ।

कर्णाली अञ्चलको सदरमुकामर जुम्लादेखि नेपालको सबैभन्दा ठूलो ताल रारा हुँदै पुनः जुम्लामै र्फकन सकिने पदयात्रा सात दिनमा पूरा गर्न सकिन्छ । जुम्लादेखि रारा हुँदै पुनः जुम्ला आउनका लागि दुईवटा बाटा छन् । पहिलो बाटो जुम्लाबाट डाँफेको लेक हुँदै पुनः त्यहीँबाट आउन सकिन्छ । अर्को बाटो प्रयोग गर्ने हो भने गुच्चीको लेक हुँदै सिँजा उपत्यका समेत हेर्न पाइन्छ ।jumla-to-rara--18

पर्यटकीय दृष्टिले राम्रो पदयात्रा गर्न सकिने ठाउँ भए पनि त्यति चर्चा पाउन नसक्दा यहाँ उल्लेख्य पर्यटकहरु नआएको गुनासो पोख्छन् जु्म्लाका पर्यटन व्यवसायी ललितजंग महत । यो पदमार्गमा नेपालको सबैभन्दा ठूलो ताल रारा ताल, नेपाली भाषको उद्गम थलो सिंजा उपत्यका, विश्वकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जुम्लालगायतका स्थान पर्दछन् । त्यस्तै कर्णालीवासीको कला संस्कृति एवं जीवनशैलीका हेर्नका लागि उपयुक्तस्थल मानिन्छ यो पदमार्ग । जुम्ला विमानस्थलको धावनमार्ग कालोपत्रे भएकाले हवाइ यातायातमा त्यति समस्या छैन । तैपनि यो पदमार्ग पर्यटकहरुको रोजाइमा खासै पर्न सकेको छैन । यदि राराताल सिधै नेपालगन्जबाट जाने हो भने मुगुको ताल्चा विमानस्थलबाट तीन घण्टामात्रै पैदल हिँड्नुपर्दछ ।jumla-to-rara-19

jumla-to-rara-1

jumla-to-rara-16

jumla-to-rara-15

jumla-to-rara-14

jumla-to-rara-13

jumla-to-rara-12

jumla-to-rara-11

jumla-to-rara-10

jumla-to-rara-9

jumla-to-rara-8

jumla-to-rara-7

jumla-to-rara-6

jumla-to-rara-5

jumla-to-rara-4

jumla-to-rara-3

jumla-to-rara-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment