Comments Add Comment

केपी ओलीकै मान्छेले गर्न थाले वामदेवको आलोचना

१५ असार, काठमाडौं । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा केपी ओली पक्षका एक युवा नेताले विश्लेषण गर्दै भने- ‘हामीले सोचेका थियौं कि महाधिवशेन प्रतिनिधि छनोटमा केपी ओलीको ८० प्रतिशत र माधव नेपालको २० प्रतिशत नतिजा आउने छ । तर हामीले सोचेको भन्दा माधव नेपाल पक्षले केही प्रतिशत बढी नै प्रतिनिधि जित्यो ।’Bamdev-gautam

आखिर केपी ओली पक्षले सोचेजस्तो प्रतिनिधि जित्न नसक्नु र माधव नेपालले सोचेको भन्दा राम्रो नतिजा ल्याउनुको कारण के हो ? अनलाइनखबरको प्रश्नमा ओली पक्षका ती नेताले विश्लेषण गर्दै भने, ‘यसमा वामदेव गौतमका कतिपय अभिव्यक्ति र सरकारमा रहँदाको कार्यशैलीले पनि असर गरेको छ ।’

 वामदेव गौतमले माधव नेपाललाई फेरि उठ्नै नसक्ने गरी परास्त गर्नुपर्छ भनेपछि एमाले कार्यकर्तामा नकारात्मक असर परेको ओली पक्षकै नेताले विश्लेषण गरेका छन् । गृहमन्त्रीसमेत रहेका गौतमले जथाभावी बोल्दै हिँड्ने र सरकारमा रहँदा अपनाएको कार्यशैलीको फाइदा माधव नेपालले उठाएको ओली पक्षको गुनासो छ ।

केपी ओली बिरामी छन् र उनले पार्टी हाँक्न सक्दैनन् र पार्टी वामदेव गौतमको पञ्जामा जान्छ भन्दै माधव नेपाल पक्षले देशव्यापी प्रचार अभियान चलाउनाले त्यसको पनि असर परेको ओली पक्षको विश्लेषण छ । साथै ‘माधव नेपाल वायुपङ्खी घोडाजस्तै हुन्, उनी जहाँ पनि दौडन सक्छन् भन्ने प्रचारलेसमेत काम गरेको केपी पक्षका नेता बताउँछन् । ‘यो भ्रमपूर्ण प्रचारले पनि काम गर्‍यो,’ स्रोत भन्छ, स्थानीय अन्तरविरोधले पनि समस्या पार्‍यो ।

यद्यपि ओली पक्षको नतिजा आफूले सोचेजस्तो नआएको र माधव नेपाल पक्ष उत्साहित देखिएको भए पनि ६०/४० को अनुपातमा केपीले चुनाव जित्ने दाबी ओली पक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment