Comments Add Comment

सरकारले ‘महिला कृषक’ अभियान सञ्चालन गर्ने

 १६ असार काठमाडौं । कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेको सरकारले कृषिकै माध्यमबाट महिला शसक्तिकरण गर्न ‘महिला कृषक’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति डा. रामवरण यादवले आइतबार संसदमा प्रस्तुत गरेको सरकारको वाषिर्क नीति तथा कार्यक्रममा कृषिमा महिलाको बढ्दो भूमिकालाई थप प्रभावकारी बनाउन महिला लक्षित विषेश कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

सरकारले कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यले सामूहिक, सहकारी र करार खेतीलाई प्रोत्साहन गर्ने जनाएको छ । कृषि क्षेत्रको विकास र रुपान्तरण गर्न ‘कृषि क्रान्ति दशक’ घोषणा गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति अबलम्बन गरिने छ ।

कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सिर्जन ागर्न उत्पादन सामाग्री, प्रसार सेवा, प्रविधि र कर्जा प्रवाहमा रासायनिक मल र विषदीको नकरात्मक असरलाई न्यूनिकरण गर्दै अग्र्याग्यानिक खेतीमा जोड दिने सरकारले जदनाएको छ ।

सरकारले गरिव, दलित, भूमिहिन तथा पिछडिएको वर्गालाई जग्गा भाडामा उपलब्ध गारई खेती गर्न लगाउने भएको छ । ‘दलित, भूमिहिन, सुकुम्बासी, मुक्तकमैया तथा हलिया र पछाडि परेका समूदायलाई लक्षित गरी जग्गा भाडामा दिई खेती गर्न लगाइने छ । व्यावसायिक खेतीमा युवाहरुलाई आकषिर्त गर्नुका साथै अर्थतन्त्रमा कृषिको योगदान बढाउन र दुध, माछा-मासु, फलफूल तरकारी आदि वस्तुमा आत्मनिर्भर हुन र उच्च मूल्यका कृषि उपजको निर्यात बढाउन विभिन्न प्रकारको सहुलियत एवं अनुदानको व्यवस्था गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment