Comments Add Comment

बुधबार ठूलो वर्षाको सम्भावना

१६ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसमी हावाले ल्याएको वर्षाको गतिविधि केन्द्रीय तथा पूर्वी भागमा मात्र देखिएको जनाएको छ ।

पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव बलियो रहेकाले अझै मनसुनको गतिविधि देखिएको छैन । प्रत्येक पाँच/सात वर्षमा प्रशान्तीय सागरमा विकास हुने ट्रेड विन्ड पनि अहिले कमजोर अवस्थामा रहेकाले त्यसको असर पनि मौसमी हावाको वर्षामा परेको मौसमविद् सुभाष रिमालले जानकारी दिए ।

बुधबार देशभर बदलीसहित ठूलो वर्षा हुने सङ्केत देखिएको भए पनि पश्चिमी भेगमा मौसमी हावा सक्रिय नहुने उनले बताए । काठमाडौँमा भने मौसमी हावाका कारण मङ्गलबार पनि बदलीसहित वषर्ा हुने छ ।

पाँच हजार मिटरभन्दा माथिका हिमाली भेगमा केही हिमपात भए पनि मानवबस्ती भएका उच्च पहाही तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना नरहेको विभागले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment