Comments Add Comment

अल्जेरियालाई हराउँदै जर्मनी अन्तिम आठमा

Schuerrle

१७ असार, काठमाडौं । अन्डरडग अल्जेरियाले लिएको कठिन परीक्षा पास गर्दै तीन पटकको च्याम्पियन जर्मनी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा जर्मनी २-१ विजयी भएको छ र क्वाटरफाइनलमा फ्रान्ससागको भेट पक्का गरेको छ । फ्रान्स नाइजेरियालाई २-० ले पराजित गर्दै अन्तिम आठमा पुगेको छ । जर्मनी १८ औं सहभागितामा १७ औं पटक क्वाटरफाइनल पुगेको हो ।

खेलका तीनै गोल अतिरिक्त समयमा भएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा नै आन्द्रे शूरलाले क्लोज रेन्जबाट गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । खेलको ११९ मिनेटमा ओजिलले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

त्यसको दुई मिनेटपछि नै अल्जेरियाका मिडफिल्डर अब्दुलमोमेन जाबाउले गोल गरेपनि खेलमा र्फकन निकै ढिला भइसकेको थियो । खेलमा अल्जेरियाका राइज मबोली म्यान अफ दि म्याच बने । उनले धेरै आक्रमण असफल पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment