Comments Add Comment

एमालेको महाधिवेशन भृकुटीमण्डपमा, दर्शकचाँहि सभागृहमा !

मात्रिका पौडेल

१८ असार, काठमाडौं । भूमिगत काल पार गरेपछि हजारौं जनताबीच महाधिवेशनको उद्घाटन गर्दै आएको नेकपा एमालेले यसपटक भने नवौं महाधिवेशनको उदघाटन समारोह बन्द भवनभित्र आयोजना गर्ने भएको छ । रोचकचाहिँ के छ भने भृकुटीमण्डपभित्र रहेको बन्द हलमा आयोजना गरिने उदघाटन कार्यक्रम सडकभन्दा पारिपटि्ट रहेको राष्ट्रियसभा गृहभित्रै बसेर मज्जाले हेर्न सकिनेछ । नेपालको राजनीतिक इतिहासमै एमालेले गर्न लागेको यो नौलो प्राविधिक प्रयोग हो ।

वषर्ायाम परेकाले खुल्लामञ्च वा अन्य खुल्लास्थलमा जनता जम्मा पारेर महाधिवेशन उदघाटन गर्ने अवस्था नरहेकाले भृकुटीमण्डपको हलमा गर्न लागिएको एमालेले जनाएको छ । अर्को रोचक के छ भने उदघाटन बन्द हलमा गर्न लागेको एमालेले बन्दशत्रमा बाहिरियालाई समेत पहुँच उपलब्ध गराउने बताएको छ । कम्युनिस्ट पार्टीको बन्दशत्र सबैका लागि खुल्ला गर्न लागिएको यो पनि पहिलो परिघटना हो ।

नवौं महाधिवेशन भने मध्य असारमा भएकाले वर्षातका कारण खुल्ला ठाउँमा गर्न नसकिएको एमाले महासचिव ईश्वर पोखरेल बताउँछन् । ‘हजारौं जनतालाई उदघाटन समारोहमा सहभागी गराउन सकिन्थ्यो, तर मौसमले साथ दिएन’ उनले भने ।

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्यसमेत रहेका पोलिटव्यूरो सदस्य विष्णु रिमालका अनुसार भृकुटीमण्डपको हलमा उदघाटन समाराहमा करीव २२ सय मात्र सहभागी हुन सक्छन्, जबकि महाधिवेशन प्रतिनिधिमात्रै २३ सय १५ छन् । स्वदेशी तथा विदेशी अतिथी र पत्रकारहरु समेत गर्दा सहभागीको संख्या २५ सय पुग्न सक्छ ।

‘उदघाटन समारोहमा प्रतिनिधि, अतिथि र पत्रकारहरुलाई वस्ने व्यवस्था गरिनेछ’ रिमालले भने-‘अन्य साथीहरुले राष्ट्रिय सभागृहभित्रै बसेर लाइभ हेर्न सक्नुहुन्छ’ । रिमालका अनुसार भृकुटीमण्डपको उद्घाटन समारोहको लाइभ दृश्य सभागृहको हलभित्र प्रोजेक्टरमार्फत प्रसारण गरिनेछ । त्यसका अतिरिक्त एमालेको वेभसाइटबाट पनि लाइभ प्रसारण हुनेछ भने टेलिभिजनहरुले समेत लाइभ गर्नेछन् ।

भूमिगत काल पार गरेर बहुदलीय व्यवस्थामा समाहित भएपछि एमालेले चारवटा महाधिवेशन सम्पन्न गरिसकेको छ भने पाँचौ महाधिवेशन विहीबारदेखि आयोजना गर्दैछ । ०४९ सालमा पाँचौ महाधिवेशन दशरथ रंगशालामा जनसहभागितामा आयोजना गरिएको थियो । छैटौं महाधिवेशन नेपालगन्जमा ०५४ मा जनसहभागितामै आयोजना भएको थियो । सातौं महाधिवेशन ०५९ सालमा जनकपुरको रंगभूमि मैदानमा हजारौं जनताबीच उद्घाटन गरेको एमालेले आठौं महाधिवेशन पनि ०६५ मा बुटवलमा ठूलो जनसहभागितामा उद्घाटन गरेको थियो ।

महाधिवेशनको रोचक व्यवस्थापनबारे विष्णु रिमालको अन्तरवार्ता

महाधिवेशन उदघाटन रोबोटले गर्छ, प्रतिनिधिलाई फेसबुक र टि्वटर सिकाउँदैछौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment