Comments Add Comment

नेपाली कांग्रेसको संयुक्त बैठक अाज पनि

१८ असार, काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बस्दैछ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा विहान १० बजे बस्ने बैठकमा बुधवार पनि सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, आर्थिक वर्षको नयाँ बजेट लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य जिवन परियारले जानकारी दिए ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधवार पनि बस्न लागेको हो । बैठकमा धारणा राख्न बाँकी सभासद तथा केन्द्रीय सदस्यहरुले नयाँ बजेट, सरकारको नीति तथा कार्यक्रम, संविधान निर्माणको काम कारबाही लगायतका विषयमा आआफ्ना धारणा राख्ने छन् ।

यसअघि सोमवार र मंगलवारको वैठकमा सभासदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका थिए । उनीहरुले नीति तथा कार्यक्रम हचुवाको भरमा ल्याएको तथा त्यसअघि पार्टीभित्र कुनै छलफल नराखिएको भन्दै आपत्ति जनाएका थिए । नेताहरुले सरकारको कामकारबाही पनि सुस्त रहेको भन्दै सरकारका मन्त्रीहरुको पनि खुलेर आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment