Comments Add Comment

वैद्यको ‘काउन्टर’मा विप्लवको फरक मत

१८ असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले लिखितरुपमै फरक मतको दस्तावेज ल्याएका छन् । पोलिटब्यूरो बैठकमा पेश गरिएको अध्यक्ष मोहन वैद्यको दस्तावेज २८ पृष्ठको छ भने विप्लवले पेश गरेको फरक दस्तावेज २३ पृष्ठको छ । biplovदुबै दस्तावेजमा छलफलका लागि बुधबार कुपण्डोलमा केन्द्रीय समितिको बैठक डाकिएको छ ।

वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशा अपनाइए पनि तत्कालै सशस्त्र संघर्षमा जाने परिस्थिति नरहेको विश्लेषण गरेको स्रोतले बतायो ।

तर, विप्लवले सशस्त्र संघर्षको विकल्प पनि खुल्लै राख्नुपर्ने मत राखेको बुझिएको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा-माओवादीमा सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक दस्तावेज तयार पार्ने क्रममा वैद्य र विप्लवका फरक दस्तावेज आएका हुन् ।

दुबै दस्तावेज बुधबार कुपण्डोलमा आयोजना गरिने केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइएको छ । पार्टीभित्र विप्लवको फरक मत दर्ता भएको बारे पार्टी प्रवक्ता पम्फा भुसालले आधिकारिकरुपमा केही पनि बताउन चाहिनन् ।

विप्लवका समकक्षी पार्टी सचिव देव गुरुङलाई सोध्दा उनले पार्टीभित्र छलफल र बहसहरु हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment