Comments Add Comment

भृकुटीमण्डपमा एमालेलाई भ्याई नभ्याई (फोटो फिचर)

uml sammelan  (3)

१८ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशन सुरु हुनुभन्दा २४ घण्टा अगाडि राजधानीको भृकुटीमण्डपमा मिस्त्रीहरुलाई महाधिवशेनस्थल बनाउन भ्याई नभ्याई हुन थालेको छ । महाधिवशेनस्थलको तयारी कस्तो छ भनेर हेर्न बुधबार बिहान भृकुटीमण्डपमा पुग्दा निर्माणका कामहरु धमाधम भइरहेको भेटियो ।

सचिवालय पनि भृकुटीमण्डपमै

यसैवीच महाधिवेशनको मूल सचिवालय बुधबारदेखि नै महाधिवेशनस्थल भृकृटीमण्डपमा स्थापना हुने बताइएको छ । असार १५ गतेदेखि नै सचिवालय सार्ने भनिए पनि शैक्षिक परामर्श केन्द्रहरुको मेलाका कारण पछि सरेको हो । केन्द्रीय कार्यालय बल्खुमा रहेको सो सचिवालय बुधबार पार्टी अध्यक्ष झलनाथ खनालले पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने कार्यक्रम छ ।

uml sammelan  (2)

एमाले प्रचार विभागका सचिव सूर्य थापाका अनुसार महाधिवेशन अगाडिको अन्तिम नियमित पत्रकार सम्मेलनबाट तयारीका सबै जानकारी पनि दिइनेछ । महाधिवेशनका लागि छानिएका प्रतिनिधिले आफ्नो नाम दर्ता कार्यलाई जारी राखेका छन् । प्रतिनिधिहरु काठमाडौँ आउने क्रम पनि जारी छ ।

महाधिवेशनस्थललाई प्रविधियुक्त बनाउने र सञ्चार केन्द्र स्थापना गर्ने कार्य पनि भइरहेको थापाले बताए ।

uml sammelan  (12) uml

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment