Comments Add Comment

घरमा आगो लगाई राउत दम्पतीले गरे आत्महत्या

१८ असार, प्युठान । जिल्लाको सारी गाविस-३ कोलाम्पामा घरायसी विवाद हुँदा एक दम्पतीले आफनो घरमा आगो लगाई आत्महत्या गरेका छन् ।

चवन्न वर्षीय शिवराम राउत र ५० वर्षीया छुमा राउतले आपसी विवादमा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।

घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताए ।

राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा छन् । राउत दम्पत्तिका बुहारी मिनी भने छोरासहित माइत गएका थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment