Comments Add Comment

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

१८ असार, सोलुखुम्बु । स्थानीय पाँच वर्षीया बालिका बलात्कार गर्ने बासा-८ सोलुखुम्बुका मङ्गल राईलाई जिल्ला अदालत सोलुखुम्बुले १० वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले बुधबार राईलाई १० वर्षको कैद र पीडित बालिकालाई एक लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो । गत चैत २५ गते बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई वैशाख ७ गते पक्राउ गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment