Comments Add Comment

भारतीय विदेशमन्त्री स्वराज साउनमा नेपाल आउने

१८ असार भारतीय वैदेशमन्त्री सुष्मा स्वराजले आगामी साउन ९ गते तीन दिने नेपाल आउने भएकी छन् । भारतीय मन्त्री स्वराजको यो पहिलो औपचारिक नेपाल भ्रमण हुनेछ ।

विदेशमन्त्री स्वराजले नेपाल-भारत संयुक्त आयोगको साउन १० र ११ गते हुने तेस्रो बैठकमा भारतीय पक्षको नेतृत्व गर्नुहुनेछ ।

सन् १९८७ मा स्थापित विदेश मन्त्रीस्तरको यो आयोग नै दुईपक्षीय सम्बन्धका सबै पक्षको सिंहावलोकन गर्ने र दुईपक्षीय सम्बन्धलाई अरु सुदृढ बनाउने दिशानिर्देश गर्ने संयन्त्र हो । नेपालको भ्रमणमा हुँदा भारतीय मन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखका साथै विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment