+
+
Shares

दश महिनामा पौने २ अर्बको सूर्तिजन्य वस्तु आयात

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १२:२६

Tobacco१९ असार, काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाामा एक अर्ब ७३ करोड ९१ लाख रुपैयाँ बराबरको सूर्तिजन्य वस्तुहरुको आयात भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको दश महिनाको तुलनामा यस वर्ष सूर्तिजन्य वस्तुको आयात ०.२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको दश महिनामा एक अर्ब ७४ करोड ३० लाख रुपैयाँ बराबरको सूर्तिजन्य पदार्थ आयात भएको थियो ।

आव २०६८/०७९ मा सूर्तिजन्य वस्तुहरु एक अर्ब ५६ करोड ४४ लाख रुपैयाँ बराबरको आयात भएको थियो । आव २०६८/०७९ को तुलनमा आव २०६९/०७० मा यस्तो वस्तुहरुको आयात ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?