Comments Add Comment

प्रचण्डको गणतान्त्रिक मोर्चाको अवधारणामा विवाद

१९ असार, काठमाडौं । एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको घोषणा पर सरेको छ । माओवादी, संघीय समाजवादी र पाँच मधेसवादी दलले अर्को साता प्रचण्डको नेतृत्वमा मोर्चा घोषणाको तयारी गरेका थिए ।

संघीयता र शासकीयस्वरुप लगायतका अवधारणाबारे छलफल लम्बिएपछि घोषणा प्रक्रिया केही पछि सरेको संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । बिहीबार प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा नेताहरुले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीबारे साझा धारणा बनाउने कि पार्टीगत धारणा लिएर जाने भन्नेबारे आ-आफ्नो धारणा राखेका छन् ।

‘प्रस्तावित १० र १४ प्रदेशलाई प्रस्थान विन्दु बनाउने सहमति भएको छ’ श्रेष्ठले अनलाइनखबरसँग भने-‘यो महिनाको अन्त्यसम्म मोर्चाको घोषणा हुन्छ ।’

एमाओवादी, फोरम लोकतान्त्रिक, तमलोपा, फोरम नेपाल, संघीय समाजवादी, सद्भावना र तराई मधेस सद्भावना पार्टीले संघीय गणतान्त्रिक मोर्चा बनाउने सहमति गरेका छन् । सात दलले सरकारलाई समर्थन गर्ने दलहरुलाई भने मोर्चामा सामेल नगराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment