Comments Add Comment

राप्रपाको चन्द समूह जुलुससहित निर्वाचन आयोगमा जाने

१९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद नमिलेपछि लोकेन्द्रबहादुर चन्द समूहले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको छ ।

आफ्नो नेतृत्वमा रहेको केन्द्रीय समितिलाई मान्यता दिन आग्रह गर्दै चन्दपक्षका नेताहरु शुक्रबार जुलुससहित निर्वाचन आयोग जाने भएका हुन् ।

शुक्रबार दिउँसो १ बजे रत्नपार्कमा भेला भएर नारा लगाउँदै निर्वाचन आयोग जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य मीना सुवेदीले बताइन् । चन्द पक्षका केन्द्रीय सदस्य बसन्तमानसिंह अधिकारीका अनुसार जुलुसमा लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे र ध्रुबहादुर प्रधान लगायतको सहभागिता रहने छ ।

पशुपति समशेर राणा र सूर्यबहादुर थापासँग सहमति हुन नसकेकाले निर्वाचन आयोगमा जान लागेको अधिकारीले अनलाइनखबरलाई बताए । चक्रीय प्रणालीका आधारमा सूर्यबहादुर थापापछि लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउनुपर्नेमा सूर्यबहादुर थापाले पशुपतिसमशेर राणालाई जिम्मेवारी सुम्पनु गलत भएको भन्दै निर्वाचन आयोगलाई पत्र बुझाउन लागिएको अधिकारीले बताए ।

पछिल्लो समयमा राप्रपाभित्र आन्तरिक विवाद चुलिँदै गएपछि पशुपति समशेर र लोकेन्द्र बहादुर चन्दले दुबैले आफूलाई अध्यक्षका रुपमा दाबी गर्दै आएका छन् । राणालाई सूर्यबहादुर थापासहित बहुमत केन्द्रीय सदस्यहरुको समर्थन रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment