Comments Add Comment

बीजेपी नेता जोलीमाथि एमाले महाधिवेशनमा आक्रमण

Bijaya-joli-1

१९ असार, काठमाडौं । नेकपा एमालेका कार्यकर्ताले भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि विहिवार महाधिवेशन स्थलमै अाक्रमण गरेका छन् ।

एमालेको महाधिवेशनमा निम्त्याइएका जोली शुभकामना सन्देश दिएर फर्कने क्रममा भृकुटीमण्डपको गेट नजिकै एमाले कार्यकर्ताको पानीको बोतलले हानेका हुन् । 

अाक्रमणबाट जाेली सामान्य घाइते बनेका छन् । प्रहरीले उनलार्इ पुलिस क्लब तर्फ छिराएर सुरक्षित स्थलमा लगेकाे छ । विदेशी पाहुनामाथि भएकाे अाक्रमणप्रति खेद प्रकट गर्दै एमाले महासचिव इश्वर पाेखरेलले दाेषीलार्इ कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

मञ्चबाट बाहिरिएर गाडी चढ्न जाँदै गर्दा जोलीमाथि बोतलले आक्रमण  गरिएको थियो । उनलाई प्लाष्टिकको बोतलले लागे पनि चोट भने लागेन । आक्रमणकारीहरुलाई प्रहरीले तत्काल लाठीचार्ज गरेर भगाएकाले थप आक्रमण हुन पाएन । प्रहरीले अर्को बाटो लैजान खोज्दा जोलीले फरक पर्दैन भन्दै अघि बढ्न खोज्दा उनीमाथि आक्रमण भएको हो । महाधिवशेन हलसम्म पुग्न नपाएपछि आक्रोशित भएका एमाले कार्यकर्ताले आफैंले बोलाएका विदेशी पाहुनामाथि आक्रमण गरेका हुन् ।
यसैवीच जाेलीले शुक्रबार बिहान साढे ७ बजे नयाँ बानेश्वरकाे एभरेष्ट हाेटलमा पत्रकारहरूलार्इ सम्वाेधन गर्ने भएका छन् ।

जोलीद्वारा लोडसेडिङ र रोजगारीको चर्चा

एमाले नवौं महाधिवशेनमा शुभकामना सन्देश दिन काठमाडौं आएका भारतीय जनता पार्टीका नेता जोलीले महाधिवशेनलाई सम्वोधन गर्ने क्रममा नेपालमा हुने लोडसेडिङको विषयमा चर्चा गरेका थिए ।

नेपालमा १२ घण्टा बिजुली जाने गरेको भन्दै विद्युतसम्बन्धी परियोजना आवश्यक रहेको जोलीले बताए । एमाले महाधिवशेनमा शुभकामना सन्देश दिँदै जोलीले नेपालमा औद्योगीकरण गरी नौजवानहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्ने बताए । यसो गरेको अवस्थामा नेपालका युवायुवती विदेश जानुनपर्ने र नेपालको सुख शान्ति एवं विकास हुँदा भारतमा पनि शान्ति कायम हुने जोलीले बताए ।

‘औद्योगिक उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छ । नेपालले विकास गर्‍यो भने भारतलाई पनि शान्ति मिल्छ ,’ जोलीले भने- नेपालको विकासका लागि भारत कटिवद्ध छ ।’

एमाले महाधिवशेनमा चिनी, बंगलादेश, रसियन फेडरेसन, क्याम्बोडिया लगायतका देखका पाहुनाले शुभकामना व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment