Comments Add Comment

देश हल्लिए हामी थाम्छौं, तर एमाले नेताहरु एकजुट हुनुपर्छः सुवास नेम्वाङ

१९ असार, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले देशलाई हल्लाउने गरी एमालेका नेताहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।

नवौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका नेम्वाङले एमाले नेताहरु मिल्नुको विकल्प नरहेको बताए । ‘तपाई प्रतिनिधि कमरेडहरुले एक स्वरमा भन्नुस, देश हल्लिए हल्लियोस् हामी थाम्छौं तर तपाई नेताहरु मिल्नुस्’ नेम्वाङले भने ‘जनता असार २५ गते भृकुटीमण्डपबाट बाहिर निस्कदा एमाले एकतावद्ध भएको देख्न चाहान्छन्’ ।

एमालेको काँधमा संविधानसभाभित्र र बाहिरका दलहरुलाई समेत एकताबद्ध बनाउने दायित्व रहेको भन्दै नेम्वाङले भने -‘झलनाथ खनाल, माधव नेपाल, केपी ओली र बामदेव गौतम एकजुट हुनैपर्छ’ ।

एमाले भृकुटीमपण्डपबाट निस्कँदा कसरी निस्कन्छ भनेर दुनियाले हेरिरहेको भन्दै नेम्वाङले एमालेले मुलुकलाई निकास दिनुपर्ने बताए । संविधानसभा अध्यक्ष भएपछि पार्टी केन्द्रीय कमिटीका बैठक तथा गतिबिधिमा भाग लिन छाडेका नेम्वाङ उद्घाटन समारोहमा पनि अतिथिका रुपमा सहभागी भएका हुन् । उनी आठौं महाधिवेशनमा पनि सभामुखको हैसियतमै सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment