Comments Add Comment

जोलीमाथि भएको बोतल प्रहारप्रति एमालेद्धारा खेद प्रकट

१९, असार काठमाडौं । नेकपा एमालेले नवौं महाधिवेशनमा शुभकामना दिन बोलाइएका अतिथि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीमाथि भएको आक्रमणप्रति खेद प्रकट गरेको छ ।

जोलीमाथि उछृङखल तत्वले आक्रमण गरी सामान्य घाइते बनाएको भन्दै महासचिव ईश्वर पोखरेल पार्टीको तर्फबाट खेद प्रकट गरेका हुन् ।

‘हामीले निम्त्याएका अत्यन्तै सम्मानित अतिथिमाथि केही उछृङखल व्यक्तिहरुले आक्रमण प्रयास गरेकोमा यो महाधिवेशन हल खेद प्रकट गर्दछ’ पोखरेलले भने ‘त्यस्त उछृङखल तत्वको खोजी गरी कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ । पोखरेलले खेद प्रकट गर्ने प्रस्ताव राख्दा हलले ताली बजाएर समर्थन गरेको थियो ।

महाधिवेशन उद्घाटन समारोह हेर्न नपाएका कार्यकर्ताले बाहिर सडकमा तोडफोड र आगजनी भइरहेका बेला बाहिरिएका जोलीमाथि प्लाष्टिकको बोतल प्रहार भएको थियो । यस घटनालाई एमाले नेतृत्वले तत्कालै गम्भीर रुपमा लिई उदघाटन समारोहबाटै खेद व्यक्त गरेको हो ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनमा बीजेपी नेता जोलीमाथि पानीको बोतल प्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment