Comments Add Comment

झण्डा च्यात्नेहरु एमाले हुन सक्दैनन् : विष्णु रिमाल

१९ असार, काठमाडौं । एमालेको नवौं महाधिवेशन उद्घाटनका क्रममा व्यवस्थापनमा केही कमजोरी भएको मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले स्वीकार गरेका छन् ।

प्रविधिको प्रयोग गर्ने क्रममा भएका केही कमजोरीले महाधिवेशनलाई सोचेजति भव्य बनाउन नसकिएको सचिव रिमालको भनाइ छ । उद्घाटन कार्यक्रममा प्रवेश नपाएका कार्यकर्ताले प्रर्दशन गरेकोप्रति लक्षित गर्दै सचिव रिमालले वर्षायाममा पानी पर्ने अनुमानका आधारमा खुल्ला स्थानमा कार्यक्रम गर्न नसकिएको बताए । ‘पार्टीको कार्यक्रम खुल्ला ठाउँमा हेर्ने कार्यकर्ताको इच्छा पूरा गर्न सकिएन’, सचिव रिमालले भने, ‘तर, कार्यक्रम हेर्न नपाएको झोँकमा एमाले कार्यकर्ताको नाममा भएको विरोधको शैली अभोभनीय छ ।’

घुसपैठ भएको आरोप

विरोधका क्रममा प्रदर्शनकारीले झण्डा र पार्टीका व्यानरसमेत च्यातेपछि एमालेले कार्यक्रममा घुसपैठ भएको अनुमान गरेको छ । ‘घुसपैठ भयो, भएन प्रहरी अनुसन्धानले देखाउला, तर एमाले कार्यकर्ताले नै पार्टीको झण्डा च्यातेको कुरा स्वीकार्न सकिन्न,’सचिव रिमालले भने, ‘एमालेको झण्डा र ब्यानर च्यात्ने र विदेशबाट आएका अतिथिहरुलाई दुव्र्यवहार गर्नेहरु एमाले हुनै सक्दैनन् ।’

उद्घाटन सत्रका लागि बनाइएको हलमा प्रतिनिधि र अतिथिबाहेक अरुलाई अटाउन सक्ने क्षमता नभएकाले कार्यक्रम टेलिभिजन र डिस्प्लेबाट हेर्ने व्यवस्था गरिएको सचिव रिमालले बताए ।

‘हामीले व्यवस्थापन गर्दा त्रुटी भएका होलान् तर, त्यही नाममा पार्टीका नेताहरुलाई लक्षित गर्दै गाली गर्ने, अभद्र व्यवहार गर्ने काम भएका छन्’, सचिव रिमालले भने, ‘दुई समूहमा विभाजित

भइसकेका प्रतिनिधिहरु हलमा पसेको अवस्थामा नेताहरु र विदेशी पाहुनमाथि भएको दुव्र्यवहार शंकास्पद र अनुसन्धानको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment