+
+

भारत र अमेरिकामा समाजवाद निर्यात गर्ने वामदेवको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १९:५७

१९ असार, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेको नेतृत्वमा नेपालमा समाजवाद स्थापित गर्ने र त्यसलाई भारत तथा अमेरिकामा समेत निर्यात गर्ने बताएका छन् ।

नवौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गौतमले भने ‘हामी नेपालमा समाजवाद ल्याउनेछौं र त्यो समाजवाद भारत र अमेरिकामा समेत निर्यात हुनेछ’ ।

एमालेले बहुमत ल्याएपछि नेपालमा समाजवाद स्थापित हुने दाबी गर्दै गौतमले त्यसका लागि एमाले एकतावद्ध हुनुपर्ने बताए । ‘हामीले तीन वर्षअघि १२ बुँदे सहमति गरेर पार्टीभित्र एकता गरेपछि दोस्रो पार्टी भयौं अब महाधिवेशनबाट एकताबद्ध भएर जाने हो भने पहिलो पार्टी बन्छ’ गौतमले भने ‘त्यसपछि समाजवाद स्थापित गर्न विश्वव्यापी लडाइ गर्नेछौं’ ।

नेता गौतमले नेकपा एमालेको नेतृत्वमा स्थापित भएको जनताको बहुदलीय जनवादलाई दक्षिण एशियाका देशहरुमा स्थापित गर्दै संसारभर फैलाउने पर्ने बताए । ‘जबजलाई नेपालमा मात्र होइन, विश्वमै फैलाउनेछौं र एमालेकै नेतृत्वमा संसारभर समाजवाद स्थापित हुनेछ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?