Comments Add Comment

ओली र नेपालले ताली नै नखाई भाषण सिध्याए

१९ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्षका प्रत्याशी दुबै नेताले विहीबार भृकुटीमण्डपमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा प्रत्यक्षरुपमा नेतृत्वको दाबी नगरी आफ्नो सम्बोधनलाई शालिन बनाउने प्रयास गरे । शालीन भाषणका कारण दुबै नेताको भाषणको वीचमा कार्यकर्ताबाट ताली बजेन ।

दुबै नेताले मन्तव्यका क्रममा पार्टीको राजनीतिक तथा आर्थिक नीतिका बारेमा बढी केन्दि्रत हुन खोजेका थिए । अध्यक्षका दावेदार माधवकुमार नेपालले एमालेलाई वायुपंखी गतिको नेता चाहिएको संकेत गर्दै आफ्नो दाबी कूटनीतिकरुपमा पेश गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले संविधानसभा निर्वाचनमा देखिएजस्तै वायुपंखी गति एमालेका लागि आवश्यक रहेको बताए । उनले भने ‘एमालेले अब नेपालको परिवर्तनको अगुवाइ गर्नेछ’ ।

अध्यक्षका अर्का प्रत्याशी केपी ओलीले उग्र वामपन्थ विरुद्ध वैचारिक संघर्ष गर्ने नेतृत्व चाहिएको भनेर आफ्नो वकालत गरे । ओलीले एमालेको वैचारिक संघर्ष माओवादीसँग र राजनीतिक संघर्ष नेपाली कांग्रेससँग रहेको संकेत गरे । ‘वैचारिक रुपमा उग्रवामपन्थ र राजनीतिक रुपमा यथास्थितीवादसँग हाम्रो संघर्ष छ’ ओलीले भने ‘ कम्युनिस्टका नाममा उत्पन्न उग्रपन्थसँग बैचारिक संघर्ष गरेर मात्रै सच्याउने नेतृत्व आवश्यक पर्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment