Comments Add Comment

सीमाका नेपाली चामल उद्योग सङ्कटमा

 २० असार झापा । भारतीय सीमाका नेपाली चामल उद्योग सङ्कटमा परेका छन् । सीमाबाट अवैध ढङ्गले चामल, दालजस्ता खाद्य सामग्री भित्रने हुँदा यहाँका चामल र दाल उद्योग सङ्कटमा परेका हुन् ।

 भारतको विहार, बङ्गाल, उत्तरप्रदेश राज्यका सीमावर्ती क्षेत्रका उद्योगबाट नेपालमा चामल र दाल खुल्ला रूपमा आउन थालेपछि सीमा क्षेत्रका उद्योग सङ्कटमा परेका हुन्ा् । सस्तो र गुणस्तरहीन चामल खुलमखुल्ला यहाँ भित्रिदै आए पनि नियमकारी निकायले रोक्न सकेको छैन ।

 भारतीय सरकारको अनुदानमा सीमा क्षेत्रमा ठूला-ठूला मिल स्थापना भएपछि नेपालका सीमा क्षेत्रका चामल उद्योग धरासायी बन्दै गएका छन्ा् । झापाको धाइजनमा सञ्चालित सूर्य एग्रोका सञ्चालक रमेश मिण्डाले भारतीय उद्योगको तुलनामा यहाँका उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

 ‘विभिन्न सुविधाले उनीहरूको उत्पादन लागत कम छ, हाम्रो उत्पादनले मूल्यका आधारमा भारतीय चामलसँग प्रतिस्पर्धा गर्न सक्दैन’ उनले भने -भन्सार महसुल पनि अत्यन्त न्यून भएका कारण भारतीय चामलले नेपाली चामललाई विस्थापित गराउँदै गएका छन् ।

नेपालका बजारमा भारतीय चामल छयाप्छयाप्ती पाइन्छ । खुला सीमाका कारण भारतीय चामल र धान प्रशस्त मात्रामा चोरी-पैठारी भइरहेकाले चामल उद्योग सङ्कटमा परेको चामल उत्पादक सङ्घका अध्यक्ष विजय बरालले जानकारी दिए ।

 झापामा ४० देखि ४५ वटा सेल मिल सञ्चालनमा रहेका छन् । तेस्रो मुलुकबाट आयात भई नेपालका उद्योगमा प्रशोधन हुने दालले पनि भारतीय दालसँग मूल्यकै कारण प्रतिस्पर्धा गर्न नसक्दा दाल उद्योग पनि सङ्कटमा परेको उद्योगीको गुनासो छ । झापा धान तथा चामल उत्पादनका लागि देशभरि नै उत्कृष्ट मानिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment