Comments Add Comment

बाँकेमा संविधानसभा निर्वाचनका कागजपत्र जलाइयो

matpatra-jalaudai

आरपी सुवेदी

२० असार, नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय बाँकेले दोस्रो संविधानसभा निर्वाचमा प्रयोग भएका मतपत्रसहितका कागजपत्र जलाएर नष्ट गरेको छ । जिल्ला प्रशाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा मुचुल्का खडागरी शुक्रबार बिहान निर्वाचन कार्यालय परिसरमा कागजात नष्ट गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लोकबहादुर रानाले बाँके निर्वाचन क्षेत्र नं १, ३ र ४ का प्रत्यक्ष र समानुपातिक दुबैका सदरबदर मतपत्र शिलबन्दी, मतदान केन्द्रबाट फिर्ता भएका खाली मतपत्र र प्रयोग भएका मतपत्रका अर्धकट्टी, फाँटवारी मुचुल्का र पोलबुक जलाइएको जानकारी दिए । निर्वाचन अधिकृत रानाले निर्वाचन क्षेत्र नं २ मा मुद्दा परेकाले तीनवटा क्षेत्रको मात्र नष्ट गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment