Comments Add Comment

बन्दसत्रको अध्यक्ष मण्डलमा नेपाल र ओलीको भागवण्डा

२० असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि १३ सदस्यीय अध्यक्षमण्डल भागबण्डामै तय भएको छ । शुक्रबारबाट सञ्चालन भएको बन्दशत्रका लागि अध्यक्ष मण्डलका साथै विभिन्न कमिटीहरु गठन भएका छन् । सबै ठाउँमा माधव नेपाल र ओली पक्षका मान्छे बराबरी राखिएको छ ।

महाधिवेशन सञ्चालन गर्ने मुख्य जिम्मेवारी रहने १३ सदस्यीय अध्यक्षमण्डलमा उपाध्यक्ष भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवालीका साथै भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, राजेन्द्र पाण्डे, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा, धर्मनाथ साह, भोजराज जोशी र किरण गुरुङ छन् । यीमध्ये अधिकारी तटस्थ भूमिकामा छन् भने दुवै पक्षबाट छ/छजना राखिएका छन् ।

त्यसैगरी, स्टेरिङ कमिटीमा सचिव विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुुरेन्द्र पाण्डे, रघु पन्त, घनश्याम भुसाल, बेदुराम भुसाल, विजय पौडेल, केशवलाल श्रेष्ठ विष्णु रिमाल, अग्नि खरेल र रघुवीर महासेठ छन् । यो कमिटीमा भने ओलीका ७ र नेपालका ५ जना राखिएका छन् ।

माइन्युट कमिटीमा पृथ्वी सुुब्बा गुरुङ, प्रकाश ज्वाला, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, गरिमा शाह, शत्रुुघन महतो, परशुुराममेघी गुरुङ, भानुभक्त ढकाल र गोरखबहादुर बोगटी छन् । बहस नोट कमिटीमा थममाया थापा, राजेन्द्र गौतम, शेरबहादुर तामाङ, जगन्नाथ खतिवडा, ममता गिरी, कृष्णगोपाल श्रेष्ठ, डा. बंशीधर मिश्र, भानुभक्त जोशी, गणेश तिमिल्सेना, श्रीप्रसाद साह र जगत विश्वकर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment