Comments Add Comment

आफू बैधानिक अध्यक्ष भएको भन्दै चन्द निर्वाचन आयोगमा

२० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टीको वैधानिक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट नारा र जुलुससहित निर्वाचन आयोगमा पुगेको चन्दसहितको टोलीले गतवर्ष पार्टीको एकताको महाधिवेशनमा पार्टीको चक्रिय प्रणालीअनुसार चन्द पार्टीको आधिकारीक अध्यक्ष भएको भन्दै कानुनी शाखामा निवेदन दर्ता गराएको छ । राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनीले महाधिवेशनको सहमति पालना गरेर जानुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख लीलादेवी गड्तौलाले राप्रपाका अध्यक्ष चन्दले बुझाएको निवेदन दर्ता गर्दै राप्रपाकोे विधानअनुसार छिट्टै निर्णय गरिने बताए ।

राप्रपाका निर्वतमान अध्यक्ष सूर्यबहादुर थापाले पार्टीबाट अवकाश लिएपछि चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका थिए । तर, बहुमत केन्द्रीय समितिले पशुपतिशम्शेर राणालाई अध्यक्ष घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment