Comments Add Comment

सभासद गीता राणा कर नतिर्नेको कालोसूचीमा

२२ असार, काठमाडौं । राज्यलाई बुझाउनुपर्ने कर पटक-पटक ताकेता गर्दा पनि नबुझाएपछि सभासद गीता क्षेत्री (राणा)को नाम आन्तरिक राजस्व कार्यालय बबरमहलले सार्वजनिक गरेको छ । राज्यलाई कर नतिर्ने राणाले यतिबेला देशमा कस्तो संविधान र कानून बनाउनुपर्छ भन्दै संविधानसभामा बहस गर्दै राज्यबाट तलब र सुविधा लिइरहेकी छन् ।gita-rana

आन्तरिक राजस्व कार्यालयका अनुसार तिर्नुपर्ने कर बुझाउन पटक-पटक आग्रह गर्दा र केहीको बैंकिङ कारोबार रोक्का गर्दासमेत कुनै प्रतिक्रिया नगरी अटेर गरेकाले सात दिने अल्टिमेटमसहित आइतबार कर छल्नेहरुको नाम सार्वजनिक गरिएको हो ।राजस्व कार्यालयका अनुसार ज्ञानेश्वरमा ग्यालेक्सी पब्लिक स्कुल सञ्चालन गर्दै आएकी गीताले ३० लाख ९४ हजार ७ सय ३२ रुपैयाँ ७३ पैसा राज्यलाई आयकर बुझाउन बाँकी छ ।

आन्तरिक राजस्व कार्यालयले क्षेत्र नं १ बबरमहलअन्तरगत कर नतिर्ने २ सय ५३ जना उद्योगी व्यवसायी एवं तिनका र्फमहरुको नाम आइतबार सार्वजनिक गरेको छ । कर नतिर्नेमा दलका नेता, सभासद, नाम चलेका होटलकमा सञ्चालक, कलेज र अस्पतालसमेत छन् । उनीहरुबाट कर असुल्दा राज्यको ढुकुटीमा अरबभन्दा बढी आउने देखिन्छ ।

क-कसले तिरेनन् कर ?

ग्यालेक्सी स्कुलकी गीता राणाले जस्तै पुरानो बानेश्वर बत्तीस पुतलीमा रहेको गोल्डेन गेट कलेजले पनि राज्यलाई कर तिर्न अटेर गरेको छ । गोल्डेन गेट कलेजका रमेशकुमार सिलवालले ७७ लाख ७० हजार ६ सय ५९ रुपौयाँ ८३ पैसा कर नतिरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । Ramesh-Silwal नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलका सञ्चालक शारिक अहमद लारीले राज्यलाई तिर्नुपर्ने ४ करोड ९७ लाख ५९ हजार ६ सय ४१ रुपैयाँ बराबरको कर अहिलेसम्म बुझाएका छैनन् ।

त्यस्तै सीनामंगलको नोबेल अस्पतालका बद्रीकुमार श्रेष्ठले १३ लाख ८० हजार ४ सय ४६ रुपैया कर तिरेका छैनन् । बानेश्वरको कान्तिपुर अस्पतालका राजेन्द्र शाहले राज्यलाई तिर्नुपर्ने २६ लाख ८१ हजार ३ सय १ रुपैयाँ कर तिरेका छैनन् । नेम इन्स्टिच्युड फर मेडिकलका नवीनकुमार शर्मा खनालका नाममा ५० लाख भन्दा बढी कर बक्यौता देखाइएको छ ।

राज्यलाई कर तिर्न अटेर गर्नेमा पूर्वराजपरिवारका सदस्य समेत छन् । राजस्व कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार अन्नपूर्ण इन्टरनेशनल प्रालिकी पूर्वअधिराजकुमारी जयन्ती शाहमा नाममा १४ लाख ३३ हजार ८ सय ३४ रुपैयाँ कर तिर्न बाँकी छ ।

नेकपा एमालेका नेताहरुले कार्यक्रम गर्दै आएको नयाँ बानेश्वरको अल्फा हाऊसमा रहेको अल्फा हाउस रेष्ट्रो बार एण्ड बैंकक्युटले ११ लाख ७२ हजार ९ सय ७९ रुपैयाँ कर तिरेको छैन । त्यस्तै अल्फा इन्स्टिचुटले पनि कर तिरेको छैन । एयरपोर्ट होटलका अमृतरत्न शाक्यले १२ लाख ४७ हजार १ सय ५६ रुपैयाँ कर नतिरेको राजस्व कार्यालयले जनाएको छ ।

राप्रपा नेपालका नेता पनि मुछिए

kar-natinreसंविधानसभा चुनावमा काठमाडौं ४ मा गगन थापासँगै चुनाव लडेका राप्रपा नेपालका उद्धव पौडेल पनि राज्यलाई कर नबुझाउनेको सूचीमा परेका छन् ।

गोपीकृष्ण मुभीका सञ्चालक रहेका राप्रपा नेपालका केन्द्रीय नेता पौडेलले राज्यलाई ३४ लाख ८८ हजार ८ सय ३३ रुपैयाँ कर बारम्बार ताकेता गर्दा पनि नबुझाएपछि आन्तरिक राजस्व कार्यालयले उनको नाम सार्वजनिक गरेको हो ।

कानूनविदले पनि तिरेनन्

कानूनविदका रुपमा चर्चित पूर्वमहान्यायधिवक्ता एवं बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको नाम पनि कर नतिर्नेको सूचीमा प्रकाशित भएको छ । पन्तका नाममा रहेको जुरिष्ट एण्ड कम्पनी प्रालिले १४ लाख ९ हजार ६ सय ४२ रुपैयाँ राज्यलाई कर नतिरेको भन्दै सातदिनभित्र कार्यलयमा हाजिर भई कर बुझाउन राजस्व कार्यालयले उर्दी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment