Comments Add Comment

दुई दिनमै ५२ रुपैयाँले बढ्यो स्याउको मुल्य

Apple

२२ असार काठमाडौं । पछिल्ला दुई दिनमा उपभोक्ताले अत्यधिक उपभोग गर्ने फलफूल स्याउको मुल्य आकासिएको छ । शुक्रबार र शनिबार दुई दनिमा एक किलो स्याउको मुल्य ५२ रुपैयाँले बढेको छ ।

गत शुक्रबार किलोको औषत एक सय ९३ रुपैयाँ रहेको स्याउ शनिबार एकैदिन ४७ रुपैयाँले बढेर दुई सय ४० रुपैयाँमा पुगेको छ । आइतबार पनि किलोमा पाँच रुपैयाँले बढेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आइतबार एक किलो स्याउ खरिद गर्न उपभोक्ताले कम्तीमा २ सय ४० रुपैयाँ र अधिकतम २ सय ५० रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment