Comments Add Comment

फोर्डले भित्रायो प्रिमियम सेडान फियस्टा

२२ असार, काठमाडौं । अमेरिकन गाडी निर्माता कम्पनी फोर्डले फियस्टाको नयाँ मोडल नेपाली बजारमा भित्राएको छ । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ फोर्डले शनिबार राजधानीमा उक्त मोडल सार्वजनिक गर्‍यो ।

Ford-Fiastaप्रिमियम सेडान समुहको नयाँ फियस्टा नेपाली बजारमा ३२ लाख ९९ हजार रुपैयाँदेखि ४१ लाख ५० हजार रुपैयाँसम्म पर्ने छ । कम्पनीका अनुसार एम्बिन्टे डिजेल गाडीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ट्रेन्ड डिजेलको ३८ लाख ५० हजार रुपैयाँ र टाइटानियम डिजेलको ४१ लाख ५० हजार रुपैयाँ पर्ने छ ।

आकर्षक बाहिरी तथा भित्री बनावटमा थप सुविधाहरुसहित फियस्टाको नयाँ मोडल भित्रिएको कम्पनीले जनाएको छ । तीनवटै मोडलमा डेढ लिटरको डुराटोर्ग डिजेल इन्जिन जडान गरिएको छ । नयाँ मोडलले प्रतिलिटर २५.१ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

फोर्डले विश्वभरी परिचित रहेको कार टेक्नोलोजी सिंक फोर्ड एपलिंकमा स्तरोन्नती गरेर नयाँ मोडलमा प्रयोग गरेको जनाएको छ । जुन टेक्नोलोजी भारतमा पहिलोपटक इकोस्पोर्ट गाडीमा प्रयो गरिएको थियो ।

यस प्रविधिको प्रयोगले स्मार्टफोनलाई गाडीसँग जोड्ने गाडी मालिकलाई सूचना तथा मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यस मोडलमा एक वर्ष वा एक किलोमिटरको वारेन्टी प्रदान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment