Comments Add Comment

लोकेन्द्रबहादुर चन्दद्वारा राप्रपाको केन्द्रीय समिति बैठक आहृवान

२३ असार, काठमाडौँ । आफू नै अध्यक्ष भएको घोषणा गर्दै निर्वाचन आयोगसम्म राप्रपाका अध्यक्ष लोकेन्द्रवहादुर चन्दले केन्द्रीय समितिको बैठक आहृवान गरेका छन् ।

बैठक पार्टी नेता बालाराम घर्ती मगरको ललितपुरस्थित निवासमा दिउँसो ३ बजे बस्नेछ । पूर्व सहमतिलाई लत्याउँदै नेता सूर्यवहादुर थापाले पशुपति शम्शेर राणालाई अध्यक्षको जिम्मेवारी दिएपछि राप्रपामा थप विवाद चुलिदै आएको छ ।

पूर्वसहमति अनुसार अध्यक्ष मण्डलमा आफू दोस्रो बरियताक्रममा रहेपनि थापाले सहमति उल्लंघन गरेको चन्द पक्षको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment