Comments Add Comment

फेसबुकबाट अर्काकी श्रीमतीलाई धम्काउने युवा प्रहरी फन्दामा

२३ असार, प्युठान । फोन र फेसबुकबाट अर्काको श्रीमतीलाई धम्काउने तीन युवा प्रहरीको फन्दामा परेका छन् । उत्तरी प्युठानको लुङ-६ वाहानेका हीराबहादुर बुढामगर, विक्रम बुढामगर र खवाङ-८ प्युठान घर भई धर्मावति-१ वाग्दुलामा बस्ने एकान्त झाँक्रीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ घोराईस्थित गौरीशङ्कर ओभरसिज प्रालिका यादव सैघाँलीको श्रीमतीलाई लगातार फोनमार्फत नराम्रो शब्द प्रयोग गरी धम्काएको र श्रीमान्लाई समेत अनावश्यक शब्द प्रयोग गरी धम्काएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठान र दाङले संयुक्त पहलमा युवालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको दाङका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए ।

प्रहरीले फेसबुकमार्फत धम्काउने तथा सैघाँली श्रीमतीको फेसबुकमा अश्लील फोटो राखेको आशङ्कामा युवालाई पक्राउ गरेको प्युठानका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले बताए । पक्राउ परेका युवाको फोन काण्डमा संलग्नता रहेको पुष्टी भए पनि फेसबुककाण्डका बारेमा अनुसन्धान जारी छ ।

उनीहरुमाथि अन्दाजी २५ वषर्ीया जागिरे महिलाको फेसबुकमा अरु कसैको नाङ्गो फोटोमा उनको टाउको जोडी फेसबुकमा फोटो राख्ने र सैघाँलीको फेसबुकमा फोटो पठाएको आरोप छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment