Comments Add Comment

पार्टी नेतृत्वमा आर्थिक र सांस्कृतिक विचलन आएको एमाले प्रतिनिधिको ठहर

२३ असार, काठमाडौं । नेकपा एमालेका प्रतिनिधिहरुले पार्टी नेतृत्वमा आर्थिक र सांस्कृति विचलन आएका बताएका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरुमा सांस्कृतिक विचलन बढ्दै गएको बताए ।

राजनीतिकसहितका प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह बनाइएको थियो । बन्दसत्रमा राप्तीका कुमार दसौंदी र जनकपुरका टोली नेता लक्ष्मण पौडेलले दस्तावेजबारे सामूहिक छलफलको निष्कर्श सुनाएका हुन् ।

बहुविबाहमा बन्देज लाउन प्रतिनिधिको माग

बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै प्रतिनिधिहरुले बुहविवाह गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । त्यसैगरी यौनजन्य हिंसामा संलग्न नेता कार्यकर्तामाथि पार्टीले माफी दिन नहुने पनि प्रतिनिधिले औंल्याएका छन् । सामूहिक छलफलबाट नेताहरुमा गम्भीर आर्थिक विचलन बढ्दै गरेको जनाउँदै यसतर्फ पार्टीको ध्यान जानुपर्ने सुझाव दिएका छन् ।

बहु र साझा पहिचानको पक्षमा प्रतिनिधि

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले एकल जातीय पहिचानसहितको संघीय ब्यवस्थालाई अस्वीकार गरेका छन् । एकल जातीय पहिचानले देशमा जातीय समस्याले ल्याउने भन्दै प्रतिनिधिहरुले बहुपहिचान या साझा पहिचानसहतिको संघीय संरचना बनाइनपर्ने सुझाव नेतृत्वलाई दिएका हुन् । 

सगरमाथाको प्रतिवेदन उपनेताले प्रस्तुत गर्ने

सगरमाथा अञ्चलमा टोली नेता छान्नेबारे केपी शर्मा ओली र नेपालपक्षीय प्रतिनिधिबीच विवाद भएपछि उप-नेताले प्रतिवेदन प्रस्तुत गराउनेमा सहमति भएको छ ।

दुईपक्षले आफ्नो बहुमत रहेको दाबी गरेपछि विवाद बढेको थियो । सगरमाथामा नेपालपक्षीय प्रतिनिधिले ओखलढुंगाका यज्ञराज सुनुवारलाई संयोजक बनाएका थिए भने ओलीपक्षीय प्रतिनिधिले सप्तरीका सुमन प्याकुरेललाई टोली नेता छानेका थिए । टोली नेताको टुंगो नलागेपछि सम्झना थपलियाले प्रतिवेदन प्रस्तुत गर्ने टुंगो भएको ओखलढुंगाका महाधिवेशन प्रतिनिधि नानीबाबु बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment