२३ असार, काठमाडाैं । निजी क्षेत्रकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले युरोपियन युनियनका २८ मुलुकहरुका लागि आफ्नो कल महसुल घटाएको छ ।
यहि असार २४ गतेबाट लागु हुने गरि ल्याएको नयाँ शुल्क अनुसार अब एनसेलका ग्राहकहरुले संयुक्त अधिराज्य, स्विडेन, जर्मनी, फ्रान्स, ईटाली लगायत २८ युरोपियन युनीयनमा आवद्ध मुलुकहरुमा कर वाहेक ४ रुपैयाँ ९९ पैसा प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् ।
आफ्ना प्रियजनसँग नयाँ शुल्कमा कुरा गर्न ग्राहकले कुनै थप नम्बर डायल गर्नु पर्दैन । यो महसुल एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकहरुलाई स्वतः लागु हुनेछ । प्रिमियम नम्बरलाई पि्रमियम शुल्क नै लागु हुनेछ ।
‘नयाँ कल महशुलले युरोपियन युनियनका विभिन्न मुलुकहरुमा कुरा गर्ने एनसेलका ग्राहकका लागि फ्ल्याट ट्यारिफको व्यवस्था गरेको छ, यसले यि मुलुकहरुमा रहेका आफ्ना आफन्त तथा पि्रयजनसँग कुरा गर्न अझै सहज र सुलभ बनाएको छ’ एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।
अहिले सम्म युरोपियन युनियनका मुलुकहरुमा कुरा गर्दा देश अनुसार फरक-फरक शुल्क लागु थियो । नयाँ शुल्कले ग्राहकलाई थप सहज बनाएको छ ।
प्रतिक्रिया 4