+
+

कांग्रेसका सभासदले थप सुविधा मागेका छैनन् : मन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते ८:२८

२४ असार, काठमाडौँ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेसका सभासदहरुले थप सेवा सुविधा नमागेको स्पष्ट पारेका छन् । prakashmanनेपाल प्रेस युनियन काठमाडौँ शाखाले मंगलवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका सभासदहरुले थप सुविधा सरकारसँग नमागेको स्पष्ट पारेका हुन् ।

उनले निर्वाचन क्षेत्र विकासका लागि कांग्रेसका सभासदले पाँच-पाँच करोड रुपैयाँ मागेको भन्ने कुरा गलत भएको वताए । उनले भने,’कांग्रेसका सभासदले पाँच-पाँच करोड मागेको भन्ने कुरा सही होइन । सवै निर्वाचन क्षेत्रलाई ५ करोड रूपैयाँका दरले दिने भनेको हो, एउटा सभासदलाई दिने होइन ।’

सिंहले अभिव्यक्ति स्वतन्त्रता सम्वन्धि विधेयक छलफलका लागि मात्रै संसदमा दर्ता भएकाले आत्तिनु पर्ने स्थिति नरहेको वताए । उनले विधेयकमा राख्नु पर्ने छुटेका विषय थपघट गरी विधेयकलाई प्रेस मैत्री बनाउन सकिने वताए । उनले भने,’अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कांग्रेस र वर्तमान सरकार दृढ छ । प्रेस जगतलाई रोक्ने कामको कल्पना पनि गर्न सकिँदैन । कांग्रेस सधैँ प्रेस जगतका पक्षमा छ र त्यसको सम्मान गर्छ ।’

उनले सरकारका मूख्य काम शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने र संविधान निर्माणका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सरकार लागि परेको वताए । उनले मुलुकको विकास निर्माणका काम अघि बढाउन र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको वताए ।

कांग्रेसको महाधिवेशन एक वर्ष पछि धकेलिने 

फरक प्रसंगमा मन्त्री सिंहले संविधान सभाको निर्वाचन लगायतका  विभिन्न कारणले कांग्रेसको महाधिवेशन एक वर्षपछि धकेलिने वताए ।

उनले भने,’प्रत्येक चार/चार वर्षमा हुने कांग्रेसको १३ औँ महाधिवेशन असोजमा हुनु पर्ने हो । तर विभित कारणले एक वर्ष पछि धकेलिने सम्भावना बढेर गएको छ । विधानमै एक वर्ष कार्यकाल थप गर्न सकिने प्रावधान छ ।   पार्टी सभापति अमेरिकाबाट फर्केपछि छलफल गरेर एक वर्ष कार्यकाल थप्छौँ । ‘

उनले पार्टी सभापति स्वास्थ्योपचारपछि अमेरिकाबाट स्वदेश फर्किएपछि वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष थपेर महाधिवेशनको तयारीमा जुट्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?