+
+
Shares

सभासदलाई ५ करोड नदिने अर्थमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते १९:४८

 Ram-saran-with-ycl

२४ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सभासदहरुलाई पाँच/पाँच करोड दिने हल्ला मात्रै भएको भन्दै त्यसरी सभासदलाई पैसा नदिने बताएका छन् । एमाओवादी निकट युवासंगठन वाइसिएलले भने बेरोजगारी युवाहरुलाई न्युनतम बेतनको ५० प्रतिशत बेरोजगार भत्ता दिइनुपर्ने माग गरेको छ ।

सभासद सुविधाको विरोधमा ज्ञापनपत्र बुझाउन मंगलबार अर्थ मन्त्रालयमा आएका वाइसिएल नेताहरुसँग कुरा गर्दै मन्त्री डा. महतले सभासदलाई पाँच करोड नदिने बताएका हुन् । ‘निर्वाचन क्षेत्रमा बजेट जानु छुट्टै कुरा हो, तर सभासदलाई रकम दिइँदैन, मन्त्री महतको भनाइ उधृत गर्दै वाइस्एिल नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने ।

सभासदसमेत रहेका वाइसिएल अध्यक्ष गणेशमान पुनको नेतृत्वमा एमाओवादी समर्थित युवा संगठन वाइसिएलको टोली अर्थ मन्त्रालयमा पुगेर मन्त्री महतलाई ज्ञापनपत्र बुझाइएको हो । आफ्नो ज्ञापनपत्रमा वाइसिएलले सरकारको नीति तथा कार्यक्रममा युवाका मुद्दा नसमेटिएको गुनासो गरेको छ ।

सभासदहरुलाई बजेट, गाडी सुविधा इत्यादि उपलब्ध गराएर उनीहरुलाई ‘दुखभोगी राज्यका सुखभोगी सभासद’ नबनाउनसमेत वाइसिएलले मन्त्री महतसँग आग्रह गरेको छ ।

‘बेरोजगारलाई आधा तलब चाहियो’

वाइसिएलले अर्थमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेरोजगार युवाहरुलाई रोजगारी नपाउञ्जेलसम्म राज्यले न्युनतम बेतनको ५० प्रतिशत तलब बराबरको बरोजगार भत्ता उपलब्ध गराउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?