Comments Add Comment

झलनाथले भने-म कुनै गुटमा छैन

jhalanath-Khanal२४ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आफू कुनै गुटमा नलागेको बताएका छन् । महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी हुँदै गर्दा माधव नेपाललाई सघाउने समाचार आएपछि अध्यक्ष खनालले पुनः आफू कुनै गुटमा नलागेको दोहोर्‍याएका हुन् ।

भृकुटीमण्डमा जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष खनालले आफू नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताए । ‘म तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको पक्षमा छु, हामी दोस्रो पुस्ताबाट नेतृत्व तेस्रो पुस्तमा जानुपर्छ’ अध्यक्ष खनालले भने-‘हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरण हुँदै आएको छ, यो क्रमले निरन्तरता पाउनुपर्छ ।’

नवौं महाधिवेशनबाट नेतृत्व चुन्ने जिम्मा आफूले महाधिवेशन प्रतिनिधिहरुलाई दिएको बताउँदै खनालले पहिलो पुस्तका केशरजंग रायमाझी र मनमोहन अधिकारीबाट दोस्रो पुस्तामा नेतृत्व आएको बताए । ‘दोस्रो पुस्तमा पनि सीपी मैनालीबाट मैले नेतृत्व लिएँ, त्यसपछि मदन भण्डारीले गर्नुभयो’ अध्यक्ष खनालले भने-‘मदनबाट माधवले नेतृत्व गरेपछि अहिले मेरो नेतृत्वमा पार्टी छ, अब मेरो अडान तेस्रो पुस्तमा नेतृत्व जानुपर्छ भन्ने हो ।’

राजनीतिक दस्तावेज पारित

बन्दसत्रले अध्यक्षले प्रस्तुत गरेको राजनीतिक दस्तावेज सुझावसहित पारित गरेको छ । दस्तावेजमाथि १९ वटा समूहमा दुई दिनसम्म भएको छलफलपछि प्रतिनिधिहरुले दस्तावेज पारित गरेका हुन् । अध्यक्ष खनालले प्रतिनिधिहरुबाट आएका राम्रा सुझावलाई सम्बोधन गर्दै दस्तावेजको पुर्नलेखन गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment