Comments Add Comment

नेकपा-माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२५ असार, काठमाडौँ । पाँच दिनदेखि जारी नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक बुधवार पनि बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा विहान ११ बजेपछि बस्ने वैठकमा बुधवार पनि अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेका छुट्टा-छुट्टै राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो भनाई राख्नेछन् ।

वैठकमा अधिकांश नेताहरुले तत्काल नै एमाओवादीसँग पार्टी एकता गर्न नहुनेमा जोड दिँदै आएका छन् । केन्द्रीय समिति वैठकमा अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक दस्तावेजमा ‘जनयुद्धको जगमा जनविद्रोेह’ को कार्यदिशाअनुसार नै अघि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइनसकेको उल्लेख गरेका छन् ।

तर त्यसप्रति फरक मत राख्दै सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्तावसहितको २३ पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गरेका छन् । चन्दले दस्तावेजमा सरकार, सदन र सडकबाट संघर्ष चर्काउनु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment