Comments Add Comment

प्याज र गाजर महंगो, गोलभेडा र घिरौंला सस्तो

२५ असार, काठमाडौं । राजधानीको तरकारी बजारमा प्याजको मूल्य तीन वर्षयताकै सबैभन्दा महंगो भएको छ । त्यस्तै गाजरको मूल्य पनि अत्यधीक बढेको छ ।

तीनवर्ष अघि अर्थात् ०६९ साल असारमा सुकेको प्याजको औसत मूल्य २९ रुपैयाँ ७८ पैसा रहेकोमा ०७१ असारमा ३६ रुपैयाँ पुगेको छ । ०७० साल असारमा ज्याको मूल्य १८ रुपैयाँसम्म झरेको थियो । भारतमा समेत प्याजको भाऊ चुलिएपछि नेपालमा गत वर्षभन्दा यसपालि प्याजको भाउ दोब्बर भएको छ ।

तीन वर्षअघि ४६ रुपैयाँमा पाइने गाजरको भाऊ प्रतिकिलो ७५ रुपैयाँसम्म पुगेको छ । त्यस्तै आलूको भाऊ पनि गतसाल भन्दा दोब्बर भएको छ । गतसाल ९ रुपैयाँमा झरेको बन्दाको भाऊ ४६ रुपैयाँसम्म पुगेको छ । काउली, तीतेकरेला, पाकेको फर्सी, च्याऊलगायतका तरकारीजन्य वस्तुको मूल्य सामान्य बढेको भए पनि टमाटर र घिरौंलाको मूल्य गत सालको तुलनामा घकेको छ ।

गतसाल २७ रुपैयाँमा पाइएको घिरौंला अहिले प्रतिकेजी २७ रुपैयाँमा पाइन थालेको कालीमाटी तरकारी बजारको मूल्यसूचीमा उल्लेख छ । कालीमाटीको यो मूल्यसूची भन्दा बढी मूल्यमा समेत राजधानीमा तरकारीको खुद्रा बिक्री हुने गरेको छ ।Vegitable-ratelist_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment