Comments Add Comment

धर्म परिर्वतनविरुद्ध राप्रपा नेपालले आन्दोलन गर्ने

२६ असार, काठमाडौं । राप्रपा नेपालले धर्म परिर्वतन र तथा धर्म निरपेक्षताविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बैठकले नेपाललाई सर्वधर्म समभाव सनातन हिन्दुराष्ट्र कायम गराउन, धर्म परिवर्तन गराउने असंवैधानिक कार्य तथा धर्म निरपेक्षताको विरुद्धमा पार्टीले सदन र सडक संघर्ष गर्ने निर्णय गरेको छ । ‘विभिन्न प्रलोभन, गरीवी लगायतका कारण धर्म परिर्वतन गराउने काम भइरहेको छ । यसलाई रोक्न सरकारले कुनै तदारुकता दिएको छैन’ केन्द्रीय सदस्य राजाराम श्रेष्ठले अनलाइनखबरसँग भने-‘धर्म परिर्वतन र तथा धर्म निरपेक्षताविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय भएको छ ।’

बैठकले भ्रष्टाचार विरुद्धको अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्ययोजना बनाउन भारत गंजमको नेतृत्वमा समिति यसअघि बनाइसकिएको छ । बैठकले पार्टीको नीति, विचार, सिद्धान्तलाई दखल पर्ने गरी सञ्चारमाध्यम र समाजिक संजालहरुमा बोल्न र खेल्न रोक लगाउने गरी आचार संहिता जारी गरेको छ ।

बैठकले देशब्यापी रुपमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अभियान र राष्ट्रिय मेलमिलापको सन्दर्भमा पार्टीद्धारा गोष्ठी आयोजना गर्ने निर्णय गरेको राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment