+
+
Shares

क्वारेन्टाइन जाँच प्रकृया फितलो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २७ गते १३:०३

२७ असार, विराटनगर । भारतलगायत तेस्रो मुलुकबाट विराटनगर भन्सार नाकामार्फत आयात गरिएका कृषिजन्य वस्तुको क्वारेन्टाइन जाँच प्रक्रिया प्रभावकारी नभएको बताइएको छ ।

प्लान्ट क्वारेन्टाइन चेक पोस्ट रानी विराटनगरद्वारा बिहीबार आयोजित कृषिजन्य वस्तुको आयात निर्यातमा सरोकारवालासँग समन्वय बैठकमा सहभागी वक्ताहरूले मानव स्वास्थ्य तथा कृषिजन्य वस्तुको संरक्षणमा सरकारी निकायबाट खासै चासो नभएको कारण प्लान्ट चेक पोस्ट कार्य फितलो भएको विचार व्यक्त गरेका हुन् ।

कृषिजन्य वस्तु आयात गर्नुपूर्व क्वारेन्टाइन जाँच गराउनुपर्ने नियम भए पनि भन्सार कर्मचारी, भन्सार एजेन्ट र व्यवसायीले त्यसमा खासै महत्व नदिएको चेक पोस्टका प्रमुख श्यामसुन्दर सिंहले भने ।

भारत विहार जोगवनी प्लान चेक पोस्टका पदाधिकारीहरूको सहभागिता रहेको सो गोष्ठीमा विराटनगर भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद दाहाल, पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख डा माणिकलाल यादव, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रानीका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिफचन्द्र चौधरी, प्लान्ट क्वारेन्टाइनका अधिकृत गङ्गाप्रसाद यादव, प्राविधिक सहायक प्रभुनारायण यादव, रामविलास पञ्जियार र विनयकुमार साहले क्वारेन्टाइन जाँच समस्याबारे बोलेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?