Comments Add Comment

कपिलद्वारा सन्नी लियोनीको फिल्म अस्वीकार, सलमानका भाइले कपिललाई ब्रेक दिने

kapil650_021714043436कमेडियन कपिल शर्माले ‘कमेडी नाइट्स वीथ कपिल’मा सन्नी लियोनी अभिनित ‘हेट स्टोरी २’ प्रर्बद्धन गर्न अस्वीकार गरेका छन् ।

निर्माण पक्षले कपिलको ख्यातीप्राप्त सोमार्फत् फिल्म प्रर्बद्धन गर्न सनी लियोनीलाई अतिथिका रुपमा सोमा पठाउन खोजेको थियो । तर, सन्नीको उत्तेजक आइटम डान्सलाई ध्यान दिँदै कपिलले सो प्रस्ताव अस्वीकार गरेका छन् । आफ्नो पारिवारिक सो भएको भन्दै उनले सनीलाई प्रोमोट गर्न अस्वीकार गरेका हुन् ।

तर, उनकै सोमा रागिनी एमएमएस २ फिल्मको प्रर्बद्धन गरिएको थियो जहाँ सनी लियोनी निर्माता एकता कपुरका साथ उपस्थीत भएकी थिइन् ।

सलमानका भाईले कपिललाई ब्रेक दिने

यसैवीच सलमान खानका भाई सोहेल खानले कपिललाई आफ्नो नयाँ फिल्ममा हिरो बनाउने भएका छन् ।

यशराज फिल्मको ‘बैंक चोर’बाट अलग भएलगत्तै कपिलले सोहेलको प्रस्ताव स्वीकार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यशराजले कडा सर्तमा बाँध्दै तीनवटा फिल्ममा अफर गरेका थिए । उनका सर्त मान्दा कपिलले अहिलेको दैनिक करोडौैं रुपैयाँको आम्दानी गुमाउने र अन्य फिल्म निर्मातासँग पनि काम गर्न नपाइने भएपछि कपिलले यशराजको फिल्म नखेल्ने बताएका थिए ।

कपिलले ‘कमेडी सर्कस’मार्फत् करियर सुरु गर्दा सोहेल सोको निर्णायकका रुपमा काम गरेका थिए । पछिल्ला दिनमा कपिल र खान परिवारवीच राम्रो सम्बन्ध रहेको कपिलले पनि उनीहरुमार्फत् नै आफुलाई ठूलो पर्दामा ब्रेक दिन आग्रह गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment